कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

मुस्ताङ | चैत ५, २०८२

कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । 

 

काग खोला र कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान गर्नेको बिहानैदेखि घुइँचो लागेको हो ।

 

कागबेनीमा पुगेका तिर्थालुले दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदानमा सहज व्यवस्थापन गरिएको कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनवीर किसानले बताए ।

 

 

तिर्थालुलाई त्रिवेणीधाममा सहज रूपमा पूजाआजाका लागि प्रहरी चौकी कागबेनी, मुक्तिनाथ अन्नदान क्षेत्र सन्त सेवा आश्राम, स्थानीय आमा समुह, यूवा क्लब सहित सङ्घसंस्थाले समेत सघाइरहेका छन्।

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्

पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

थप पढ्नुहोस्

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।   तस्...

थप पढ्नुहोस्